काठमाडौं, असोज ५ । पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने निर्णयमा पुग्नुभएको छ ।
पूर्व खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउन लाग्नुभएको हो ।
पूर्वआइजीपी खनालले आज अध्यक्ष ओलीसँग भेट गरेपछि प्रवेशको टुंगो लागेको हो । बारा,पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बन्ने गरी खनाल एमाले प्रवेश गर्न लाग्नुभएको छ ।
बारा र पर्सामा खनालनिकै लोकप्रिय हुनुहन्छ । प्रहरी सेवामा रहँदा दुवै जिल्लाको प्रमुख हुनुभएका खनाललाई सो क्षेत्रका बासिन्दाले आफ्नो मसिहाका रुपमा मान्ने गरेका छन ।













प्रतिक्रिया दिनुहोस्