जनता टाइम्स

५ आश्विन २०७९, बुधबार २१:४२

कपन आगलागीमा परी मृत्यू हुनेको संख्या तीन पुग्यो


काठमाडौं, असोज ५ । काठमाडौंको कपनमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा आगलागी हुँदा हालसम्म तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी हरि बस्नेतले जानकारी दिनुभयो।

प्रहरीका अनुसार घरमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सिताराम रिजालका अनुसार मृतकको पहिचान खुलेको छैन। उनीहरूलाई टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ।

आगलागीमा परी अरू पनि केही घाइते भएका छन्। उनीहरूलाई पनि टिचिङ अस्पतालमा उपचारका लागि लगिएको छ। कति व्यक्ति घाइते भएका छन् भन्ने यकिन नभइसकेको प्रहरीले जनाएको छ। आगलागी भने हाल पूर्ण नियन्त्रणमा आइसकेको छ ।