जनता टाइम्स

६ आश्विन २०७९, बिहीबार १९:०८

एमाले प्रवेश गर्नेहरुको लहर, वाइसिएल नेता सुशील र कांग्रेस नेता धनबहादुरसहित दर्जनौ प्रवेश


घोराही, ६ असोज । बंगलाचुलीमा नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको छ । दिनदिनै माओवादी, कांग्रेस लगायतका पार्टीबाट एमालेमा प्रवेश कार्यक्रम भैरहेको छ । यहीक्रममा बंगलाचुली क्षेत्रमा लामो समयदेखि राजीति गरेर विशेष पहिचान बनाउन सफल बंगलाचुली वाइसिएल इञ्चार्ज जुझारु युवा नेता सुशील परियारको नेतृत्वमा दर्जनौ युवाहरु एमाले प्रवेश गर्नुभएको छ ।

एमाले प्रवेश गर्ने सुशीलले बंगलाचुलीको माओवादी पार्टीको वडा नम्वर ६ का अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँले बंगलाचुलीमा माओवादीको पक्षमा युवाहरु परिचालन गर्ने सवालमा मुख्य भुमिका निर्वाह गर्दै आउनुभएको थियो । एमालेले नै मुलुकलाई सही बाटोबाट अगाडी बढाउने निष्कर्ष सहित आफूसहित युवाको टिम एमाले प्रवेश गरेको सुशीलको भनाइ छ ।

यसैगरी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि धनबहादुर परियारको नेतृत्वमा दर्जनौ युवाहरु एमाले प्रवेश गर्नु भएको छ । एमाले प्रवेश गर्नु भएका धनबहादुरले विगत लामो समयदेखि नेपाली कांग्रेसमा रहेर सक्रिय राजनीति गर्दै आउनुभएको थियो । नबप्रवेशीहरुलाई बंगलाचुलीमा भव्य कार्यक्रमको आयोजना गरी पार्टी प्रवेश गराईएको हो ।

एमालेका नेता तथा दाङ क्षेत्र नम्वर २ प्रदेश क का सर्वसम्मत उमेदवार बलिभद्र रानाले उहाँहरुलाई पार्टी प्रवेश गराउनु भएको हो । सो अबसरमा एमाले नेताहरु भेषराज खत्री, यमुना घर्ती, बिबेक श्रेष्ठलगायतले पार्टीमा नवप्रवेशीहरुलाई टिका, खादा लगाएर स्वागत गर्नु भएको थियो ।