जनता टाइम्स

६ आश्विन २०७९, बिहीबार २०:४३

रुकुम दुर्घटनामा पाँच जनाको मृत्यु, घाइते ९ जनामध्ये चारको अवस्था गम्भीर


रुकुम, असोज ६ । काठमाडौंबाट रुकुमपूर्व आउँदै गरेको वस रुकुमकोट पुग्न करिव आधा घण्टा अगावै दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको प्रहरीलेजनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ४ जना गम्भीर घाईते भएका छन ।

घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगंज पठाइएको छ भने अन्य ५ जना घाइतेलाई एम्वुलेन्स मार्फत नेपालगंज मेडिकल कलेज पठाईएको छ ।