एजेन्सी, ७ असोज । इरानका राष्ट्रपति इब्राहिम रायसीले हिजाब टाउको ढाक्ने) नलगाएको भन्दै अमेरिकी महिला पत्रकारलाई अन्तर्वार्ता दिन अस्वीकार गरेका छन् । यो मामिला यस्तो समयमा बाहिर आएको हो जब मध्यपूर्वको यो देशमा हिजाबको मुद्दा चर्किएको छ ।
वास्तवमा हिजाब नियम तोडेको आरोपमा प्रहरी हिरासतमा एक महिलाको मृत्यु भएपछि मानिसहरु आक्रोशित भएका छन् र सडकमा उत्रिएका छन् ।
इरानी राष्ट्रपति इब्राहिम रायसीले सीएनएनका प्रमुख अन्तर्राष्ट्रिय एन्कर क्रिश्चियन इमानपुरसँग अन्तर्वार्ता थियो । तर, पत्रकारले हिजाब लगाउन अस्वीकार गरेपछि उनले अन्तरवार्ता दिन मानेनन् ।
क्रिस्चियनले ट्वीट गरेर भनेकी छन् ‘उनलाई हेडकार्फ लगाउन भनिएको थियो तर उनले त्यसो गर्न अस्वीकार गरिन् । त्यसपछि अचानक अन्तर्वार्ता रद्द भयो ।’
४० मिनेटसम्म इरानी राष्ट्रपतिको प्रतिक्षा
क्रिस्चियनले इरानी राष्ट्रपतिको अन्तर्वार्ता लिन ४० मिनेट पर्खे तर उनी आएनन् । महर्रमको पवित्र महिना भएकाले टाउकोमा स्कार्फ लगाउनुपर्ने महिला पत्रकारलाई भनिएको थियो ।
यसमा उनले हामी न्यूयोर्कमा छौँ र यहाँ टाउको लगाउने सम्बन्धमा त्यस्तो कुनै कानुन नभएको बताए । यसअघि कुनै पनि इरानी राष्ट्रपतिले इरान बाहिर अन्तर्वार्ता दिँदा यस्तो माग गरेका छैनन् ।
इरानमा हिजाबलाई लिएर किन हंगामा ?
हिरासतमा बालिकाको मृत्यु भएपछि अमेरिकाले इरानमा धार्मिक प्रहरी र अन्य सरकारी निकायका अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।
युवतीको मृत्युपछि इरानमा हिंसा भड्किएपछि र त्यसपछि सुरक्षा बलसँगको झडपमा ९ जनाको मृत्यु भएपछि यी प्रतिबन्धहरू लगाइएको हो । धर्माचर प्रहरीले गत हप्ता २२ वर्षीया महसा अमिनीलाई हिजाबले कपाल राम्ररी नढाकेको भन्दै पक्राउ गरेको थियो ।
अमिनी प्रहरी चौकीमा ढलेकी थिइन् र तीन दिनपछि उनको मृत्यु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्