जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार २१:४०

कर्रा खोलामा डुबेर तीन जना बालकको ज्यान गयो


मकवानपुर, असोज ७ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ७ न्युरेनी नागदहको कर्रा खोलामा डुबेर तीन जना बालकको ज्यान गएको छ। पौडी खेल्ने क्रममा डुबेका हेटौँडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, १२ वर्षीय कर्साङ जिम्बार र १३ वर्षीय सञ्जीव मोक्तानको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा ५ र ७ को सिमानामा पर्ने न्युरेनी नागदहमा रहेको कर्रा खोलामा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका थिए ।

आज दिउँसो चार जना बालकहरु पौडी खेल्न खोलामा गएकामा एक जनाको भने सकुशल उद्धार गरिएको थियो । उनीहरु हेटौँडा(१५ फारलाइनबाट पौडी खेल्न आएका प्रहरीले जनाएको छ ।