जनता टाइम्स

१३ आश्विन २०७९, बिहीबार २२:०६

शंकर पोखरेलले राखे एमालेविरूद्ध घेराबन्दी गर्नुको भित्री तथ्य


काठमाडौं, असोज १३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत स्थानीय निर्वाचनले नेपालको मुख्य पार्टी कुन हो भन्ने कुराको निर्क्यौल गरिदिएकाले कोही पनि अन्य पार्टीमा अल्मलिनु नपर्ने वताउनु भएको छ ।

आज डोल्पाका नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्षसहितका सवै नेताहरु एमालेमा स्वागत गर्दै महासचिव पोखरेलले बामपन्थी आन्दोलनको मुख्य शक्ति पनि एमाले नै भएकाले बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि सबै कम्युनिष्ट कार्यकर्ता एमालेमा समाहित हुनुपर्छ भन्नुभयो ।

नेकपा एमाले मुलुकको सबैभन्दा ठूलो पार्टी भएर पनि हाम्रो पार्टीलाई षडयन्त्रपूर्वक सरकारबाट बाहिर राख्ने काम भएको र यो षडयन्त्रलाई आगामी निर्वाचनबाट पराजित गरी एमाले सरकार गठन गर्ने गरी विजय प्राप्त गर्नुपर्ने उहाँको भनाई थियो । महासचिव पोखरेलले भन्नुभयो, ‘एमाले विरूद्धको घेराबन्दी देशभक्तिमाथिको घेराबन्दी हो, स्वाधीनता, स्वाभिमान माथिको घेराबन्दी हो ।’ उहाँले डोल्पामा प्रतिनिधि सभा सदस्य र दुईवटै प्रदेश सदस्य निर्वाचनमा विजय प्राप्त गरी लालकिल्ला बनाउन शुभकामना व्यक्त गर्नुभयो ।

नेकपा एसबाट पुरानै घर एमालेमा फर्कनुभएका नेता नन्दसिंह बुढाले आफू विगतमा एमालेको संगठन निर्माणमा दिनरात खटेको र षडयन्त्रपूर्वक गराइएको पार्टी विभाजनका क्रममा भएको कमजोरीलाई स्वीकार गर्दै एमालेमा समाहित भएको वताउनुभयो । उहाँले गठबन्धनभित्रको फोहोरी खेल सहन नसकेर पनि पुनः एमालेमै फर्किएको स्पष्ट गर्नुभयो ।

पार्टी प्रवेशको संयोजन पार्टीका केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज बदमी बोहोरा र एमाले जिल्ला अध्यक्ष शेरबहादुर बुढाले गर्नुभएको थियो । आज महासचिव पोखरेलले नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला कमिटी अध्यक्ष तथा कर्णाली प्रदेशका पूर्व पर्यटनमन्त्री नन्द सिंह बुढासँगै जिल्ला कमिटीका ४० भन्दा बढी सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू र नगर र गाउँपालिका कमिटीका सदस्यहरू गरी ६० भन्दा बढी कार्यकर्ता एमालेमा स्वागत गर्नुभयो ।

पार्टी प्रवेश गर्नेहरूमा जिल्ला कमिटी सदस्यहरू मायादेवी बुढा, हर्कबहादुर रोकाय, दलबहादुर थापा, देवी रोकाय, जयकृष्ण बुढा, ओमबहादुर विटालु, सुका विक, ओमेन्द्र केसी, कल्पना बुढा, अन्जु महतारा शाही, रूपा गुरूङ, कृष्णदत्त न्यौपाने, धनराम बुढाथोकी, चैता भण्डारी, कमल बहादुर रोकाय, गोविन्द बुढा, शशी बोहोरा बागबहादुर बुढा, केशर रोकाय हुनुहुन्छ ।

यस्तै दलबहादुर रोकाय, पञ्च रोकाय, भीमबहादुर धरला, आनन्दसिंह रावल, प्रचण्डविक्रम शाही, गोपालबहादुर शाही, तिलकजंग शाही, काले सार्की, हरिशरण खत्री, मनरूपा दर्जी, कैलाशी थापा, रणवीर दमाईं, काले महत, वीरलाल कार्की, कमल बुढा, लक्ष्मी कार्की, बौद्धसिंह कठायत, चन्द्रराम बोहरा, लक्ष्मी गुरूङ, हिराचन्द्र धरला, बालचन्द्र कामी र मानदत्त न्यौपाने हुनुहुन्छ ।

त्यसैगरी, प्रदेश कमिटी सदस्यहरू धर्मलाल बुढा, काली बुढा, अमराम बुढा, देवीबहादुर बुढाथोकी, राष्ट्रिय परिषद् सदस्य देवीलाल रोकाय र बलबहादुर रोकाय पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

त्यस्तै पालिका कमिटीका सदस्य ज्ञानेन्द्र विक्रम शाही, मेनुका भण्डारी, रामप्रसाद बुढा, युवा संघका जिल्ला अध्यक्ष हिक्मत बुढा, उपाध्यक्ष दिनेश बुढा, नगर कमिटी अध्यक्ष हरिचन्द्र डाँगी, युवा संघका प्रदेश सदस्य नेत्र बुढा, नरेन्द्र भण्डारी, कर्णसिंह बुढा, आनन्दबहादुर रोकाय, कमल बुढा, सिर्जना बुढा र दीपलाल रोकाय पनि एमालेमा प्रवेश गर्नुभयो ।