जनता टाइम्स

१७ आश्विन २०७९, सोमबार १२:०१

पोखराबाट झापा जाँदै गरेको कार त्रिशूलीमा बेपत्ता


काठमाडौं, १७ असोज । नारायणगढ–मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा त्रिशूली नदीमा कार खसेको छ । पोखराबाट झापाका लागि छुटेको बा १० च ५४४५ नम्बरको कार आज बिहान सवा ७ बजेतिर त्रिशूली खसेर बेपत्ता भएको हो ।

कारमा रहेका दुईजना भने सकुशल रहेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारमा एक दम्पती सवार थिए । उनीहरू सामान्य घाइते छन् ।