जनता टाइम्स

२२ आश्विन २०७९, शनिबार ०९:०१

चुनावकै मुखमा जसपालाई नोक्सान, मेयरका प्रत्यासीसहित सयौं कार्यकर्ता एमाले प्रवेश


काठमाडौं, २२ असोज । प्रतिनिधिसभार प्रदेशसभाको मनोनयन दर्ता गर्न एक दिन मात्र बाँकी रहँदा रौतहटबाट जनता समाजवादी पार्टीका सयौं नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ । फतुवाविजयपुर नगरपालिकाका जसपाका मेयर प्रत्याशी अजय यादव लगायतका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नु भएको हो ।

नेकपा एमाले स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साहको पहलमा बालकोटमा शुक्रबार साँझ आयोजित एक समारोहबीच यादवका साथै जसपाका केही वडा अध्यक्षका प्रत्याशीसमेत एमालेमा प्रवेश गर्नु भएको छ । एमाले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवेशीलाई स्वागत गर्नु भएको छ ।