जनता टाइम्स

२२ आश्विन २०७९, शनिबार १२:२५

ओखलढुंगाका बालकृष्ण ढुंगेलको मृत्यु


काठमाडौं, २२ असोज । ओखलढुंगा जिल्लाका नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । काठमाडौंको काँडाघारीस्थित आफ्नै निवासको बाथरूममा लडिरहेको अवस्थामा मृत भेटिनुभएको हो ।

लामोसमयसम्म जेलमा बस्नुभएको उहाँको मुटुले ५० प्रतिशत मात्रै काम गर्दै आएको थियो भभने किड्नीले ३३ प्रतिशत मात्रै काम गर्दै आएको पारिवारिक स्रोतले जनाएको छ । ढुंगेल नेकपा माओवादीबाट सांसद भएपनि पछि नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो ।