जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार १३:०७

चर्चित पूर्वमन्त्री लालबाबु पण्डितले गराए उम्मेद्वारी दर्ता


मोरङ, असाज २३ । मोरङ निर्वाचन क्षेत्र नं ६ मा नेकपा एमालेका नेता लालबाबु पण्डितले प्रतिनिधिसभा सदस्य पदमा उमेदवारी दर्ता गराउनु भएको छ । पण्डित सोही क्षेत्रका पूर्व सांसद हुनुहुन्छ ।

सरकारी सेवामै रहेर बिदेसी पिआर र ग्रिनकार्ड होल्डर बन्नेहरुबिरुद्ध कडा कदम चालेर चर्चामा आउनु भएको पण्डित सो क्षेत्रका जनतामाझ निकै लोकप्रिय हुनुहुन्छ ।

एमालेका तफृबाट क्षेत्र नम्बर ६ को क मा रिता न्यौपाने र ख मा पर्शुरामत बस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको छ ।