धनगढी, २३ असोज । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी उनकी पत्नी आरजु देउवाले दर्ता गराउनु भएको छ ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर आरजुले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनु भएको हो ।
देउवाको प्रस्तावक कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौत र समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी हुनुहुन्छ ।
देउवा डेल्धुरामा २०४८ सालदेखि निरन्तर विजयी हुँदै आउनु भएको छ । देउवाको यो आठौं निर्वाचन हो ।













प्रतिक्रिया दिनुहोस्