जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार २०:५२

कर्णाली नदीले पार गर्यो खतराको तह


धनगढी, २३ असोज । अविरल वर्षापछि आएको बाढीका कारण कर्णाली नदीले खतराको तह पार गरेको छ । चिसापानीस्थित जल मापन केन्द्रकी गेजरिडर पार्वती गुरुङका अनुसार अपराह्न ५ बजेको मापन अनुसार कर्णालीमा पानीको सतह ११ दशमलव १० सेन्टिमिटर पुगेको छ ।

पाँच दिनदेखि निरन्तर भइरहरेको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढेको हो ।

कर्णालीमा १० मिटरको तहलाई सचेत सतह मानिन्छ र १० दशमलव ८० मिटरलाई खतराको सतह मानिन्छ । यसअघिको वर्षामा ११ नपुगेको उहाँको भनाइ छ । सहायक नदीहरू सेती, बुढीगंगा, तीला कर्णाली, भेरी लगायत नदीहरूमा पानीको सतह बढेका कारण तटीय क्षेत्रमा नदीको सतह बढेको हो ।