हुम्ला, असोज २४ । हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा ४ जना मृत्यु भएको छ भने ३ जना घाइतेको उद्धार गरिएको छ । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीयवासीले बताएका छन ।
स्थानीय ध्रुवकुमार शाहीका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन् । घटनास्थलमा प्रहरी पुगिनसकेकोले के कति क्षति भएको हो यकिन विवरण आइसकेको छैन । घटनास्थलमा नजिकैको प्रहरी जाँदै छ । घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट ३ दिन हिँडेपछि मात्रै पुगिन्छ ।
स्थानीय शाहीका अनुसार घाइते ३ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । अहिले पनि झरी परिरहेकोले पुरिएकाको शव निकाल्न नसकिएको स्थानीयले बताएका छन ।













प्रतिक्रिया दिनुहोस्