जनता टाइम्स

२६ आश्विन २०७९, बुधबार १५:२६

बारामा सत्तापक्षको धाँधली सुरु, स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन


बारा, २६ असोज । बारा ४ (क) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएकी नारायणी रायमाझी (निरु) को उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएको छ ।

सता गठबन्धनका उम्मेदवारविरुद्ध परेको रायमाझीको उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएपछि केहीबेर सिमराको एक होटल क्षेत्र तनावग्रस्त बन्यो ।

आफ्ना शुभेच्छुकमाझ सिमराको एक होटलमा बसिरहेकी रायमाझीलाई लिन इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाको टोली पुगेको थियो । डिएसपी तिमल्सिनाले आफूहरूलाई रायमाझी अपहरणमा परेको सूचना आएकाले आफूसँग हिंड्न आग्रह गर्नुभएको थियो । रायमाझीका समर्थकको अवरोधपछि डिएसपी तिमल्सिनाको टोली करिब आधा घण्टापछि होटलबाट फर्किएको थियो ।

सत्तारुढ दलका शीर्ष नेताबाट उम्मेदवारी फिर्ता गराउन भएको प्रयास असफल भएपछि प्रहरीसमेत परिचालन गरिएको र आफ्नो अपहरण नभएको उम्मेदवार रायमाझीले बताउनुभयो । रायमाझी नेपाली कांग्रेस नेतृ हुनुहुन्छ ।