जनता टाइम्स

२६ आश्विन २०७९, बुधबार १७:३२

सेयर बजारमा दोहोरो अंकको वृद्धि


काठमाडौं, २६ असोज । साताको पहिलो कारोबारको दिन सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । ११ दशमलव ५१ अंकले बढेर नेप्से सूचक १८ सय ६६ दशमलव ६७ विन्दुमा आइपुगेको छ । यस्तै सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४८ अंकले बढेर तीन सय ६६ दशमलव ११ विन्दुमा पुगेको छ ।

आज नेप्से सूचक दोहोरो बढे पनि कारोबार रकम भने उत्साहजनक हुन सकेको छैन । मंगलबार अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर घटाउन अध्ययन समितिलाई आग्रह गरेको थियो । त्यसैको प्रभाव आजको बजारमा देखिएको हुन सक्ने कतिपयको आंकलन छ ।