काठमाडौं, २६ असोज । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महाबिर पुनले कसैको पनि १ सुका पैंसा खर्च नगरेको बताउनुभएको छ । दाताहरुले दान गरेको एक पैंसा पनि आफुले अनावस्यक खर्च नगरेको उहाँले सामाजिक सञ्जाल फेसबुकको स्ट्याटस मार्फत जानकारि गराउनुभएको हो ।
प्राय जसो तपाइँहरुले गर्ने प्रश्न तथा सुझाब र मेरो एकमुष्ट उत्तर पढ्नु होस् …
१. म विश्वको बिभिन्न देशहरुमा जाँदा कसको पैसा खर्च हुन्छ ?
म घुम्नको लागी भनेर कहीं पनि जाँदैन । कुनै समुहले आउने जाने खर्च हालेर र दाल भात ख्वाएर कुनै ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रको बारेमा छलफल गर्न र अन्तरक्रिया गर्नको लागी बोलाउछन् भने जहाँ पनि जान्छु । मैले राष्ट्रिय आविष्कार केन्द्रको पैसा खर्च गरेर देश विदेश भ्रमण गरेको हुँदै होइन । एक डलर पनि पैसा खर्च नगरिकन मैले विश्वको धेरै देश घुमेछु ।
२. मैले किन फेसबुकमा कमेन्टहरुको जबाफ दिन्छु र केहि समय खर्च गर्छु ?
म एउटा सार्बजनिक मान्छे हुँ र जनताको सहयोगमा जनता कै फाइदाको लागि काम गर्ने जिम्मेवार मान्छे हुँ । त्यसैले जनताले गरेका प्रश्न, जिज्ञासा, शंका र उपशंकाहरुको जबाफ दिनु मेरो कर्तब्य हो । त्यसको लागी मैले केहि समय ननिकाली हुँदैन । त्यसैले जबाफ दिनु पर्ने उचित कमेन्टहरुको सके सम्म जबाफ दिन्छु । स्वच्छ आलोचना गर्ने व्यक्तिको कमेन्टको पनि जबाफ दिन्छु ।
३. मैले कस्ता–कस्ता मान्छेहरुलाई फेसबुकमा ब्लक गर्न थालेको छु ?
मैले अहिले सम्म राष्ट्रिय आविष्कार केन्द्र बाट एक रुपैंया पनि तलब भत्ता र कुनै पनि खर्च लिए छैन र लिने पनि छैन । तर यो कुरा थाहा पाएर पनि मलाई आविष्कार केन्द्रको ‘पैसा खायो’, ‘मोज गर्यो’ जस्ता आक्षेप लगाएर निच कमेन्ट गर्नेहरुलाई ब्लक गर्न थालेको हो ।
साथै मैले अहिले सम्म राष्ट्रिय आविष्कार केन्द्रको लागी कसैसंग पैसा मागेको छैन र जति दान जनताहरु बाट आएको छ ति दान र सहयोगहरु सबैले स्व–ईच्छाले र स्व–बिबेकले दिएका हुन् । त्यसो भन्दा भन्दै पनि मलाई ‘पैसा माग्ने मगन्ते’ र ‘पैसा माग्न डुल्ने मान्छे’ भनेर खिल्ली उडाउने र होच्याउने मान्छेहरुलाई ब्लक गरिन्छ । साथै नचाहिँदो कमेन्ट र निच कमेन्ट गर्नेहरुलाई ठोकेर पनि जबाफ दिईन्छ । म कुनै महात्मा पुरुष होइन बरु निकै नै मुर्ख र एकोहोरो मान्छे हुँ ।
कुरा बुझ्नु भो ???🙏🙏🙏
प्रतिक्रिया दिनुहोस्