काठमाडौं, २७ असोज । एमाले नेता भीम रावलले राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी पाइला चाल्ने बताउनुभयो । उहाँले आगामी दिनमा आफू एमालेमा रहने कि नरहने भन्ने पार्टी नेतृत्वको गतिविधि र कार्यशैलीले निर्धारण गर्ने उहाँले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।
उहाँले आफूले देशभरका एमाले उम्मेदवारलाई जिताउन आग्रह गर्ने, माक्सवाद र लेनिनवादको सिद्धान्त अनुशरण गर्ने तथा देशभक्त र राष्ट्रवादी उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । अछाममा भने त्यहाँका बहुसंख्यक जनताको भावनाको कदर गर्दै त्यसअनुरुप चल्ने बताउनुभयो । एमालेले कति सिट जित्छ भनेर आफूले भन्न नसक्ने रावलको भनाइ थियो ।













प्रतिक्रिया दिनुहोस्