जनता टाइम्स

२८ आश्विन २०७९, शुक्रबार १६:४६

नवनियुक्त अमेरिकी राजदूत थम्पसन काठमाडौंमा


काठमाडौं, २८ असोज । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन काठमाडौं आइपुग्नुभएको छ । थम्पसन हिजो साँझ नेपाल आइपुग्नुभएको हो । थम्पसनलाई काठमाडौंस्थित अमेरिकी दूतावासका उच्च कर्मचारीले स्वागत गरेका थिए ।

निर्वतमान राजदूत र्याण्डी बेरीको ४ वर्षे कार्यकाल सकिएपछि अमेरिकाले थम्पसनलाई नेपालका लागि नयाँ राजदूतका रुपमा पठाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि थम्पसनले औपचारिक रुपमा पद बहाली गर्नुहुनेछ ।