जनता टाइम्स

२८ आश्विन २०७९, शुक्रबार १८:५२

समानुपातिक तर्फको मतपत्र ढुवानीको काम सुरु


काठमाडौं, २८ असोज । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र ढुवानीको काम सुरु गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार पहिलो चरणमा ८ जिल्लामा मतपत्र ढुवानी गरिएको छ ।

पहिलो चरणमा ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा मतपत्र ढुवानी गरिएको हो । क्रमशः अन्य जिल्लामा मतपत्र ढुवानीको काम गर्दै जाने पौड्यालले बताउनुभयो ।