जनता टाइम्स

२८ आश्विन २०७९, शुक्रबार २१:४३

अविरल वर्षाका कारण ९ दिनदेखि कालीकोट अन्धकार


कालीकोट, २८ असोज । लगाताको अविरल वर्षाका कारण बन्द भएको विद्युत् सेवा सञ्चालनमा नआउँदा कालीकोट अन्धकार भएको छ ।

दशैँको टीकाको दिनदेखि बन्द भएको विद्युत् सेवा सञ्चालनमा नआउँदा कालीकोटवासीले सास्ती खेप्नुपरेको छ । लगातारको वर्षाले बादल लागेपछि सोलारले समेत काम गर्न छोडेको स्थानीय व्यापारी शेरबहादुर भण्डारीले गुनासो गर्नुभयो ।

सदरमुकाम मान्म बजारमा दैनिक कामकाजका लागि आउने स्थानीयवासीले मोबाइल फोनसमेत चार्ज गर्न कठिनाइ भएको बताएका छन् । मर्मतको काम भइरहेकाले भोलि शनिवारसम्म विद्युत् सेवा सञ्चालनमा आउने नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमल शाहले बताउनुभयो ।