गोखरा, असोज २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगलाई लिखित रूपमा स्पष्टिकरण दिनुभएको छ ।
उम्मेदवारी दर्ताको क्रममा आयोगले बाजा किन बजाएको भनेर स्पष्टीकरण सोधेपछि त्यसको जवाफ फर्काएको आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पचण्डले जानकारी दिनुभएको हो ।
आयोगलाई आफूले स्पष्टीकरण बुझाएको जानकारी दिँदै प्रचण्डले भन्नुभयो, ‘अस्ति कसले बाजा बजाएछ। तर, बाजा कहाँबाट आयो मलाई थाहा छैन। निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो। मेरो योजनामा होइन भनेर लिखित स्पष्टीकरण दिएर आएँ।’













प्रतिक्रिया दिनुहोस्