बेइजिङ, असोज ३० । चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशन आजबाट सुरू भएको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार आज बिहान राजधानी बेइजिङको ग्रेट हल अफ द पिपलमा पार्टीको अधिवेशन सुरू भएको हो।
राष्ट्रिय अधिवेशनमा पार्टी महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङले सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले कोरोनाभाइरसविरूद्ध चीनको लडाइँ र चीनले लिएको आर्थिक नीतिको प्रशंसा गर्नुभएको छ ।

पाँच पाँच वर्षमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको यो अधिवेशनमा देशभरिबाट झन्डै २३ सय जना प्रतिनिधि सहभागी भएका छन । एक सातासम्म चल्ने अधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।
चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा तेस्रो कार्यकालका लागि सी नै पुनः चुनिने सम्भावना रहेको छ। सन् २०१२ मा पहिलो पटक महासचिव हुनुभएका सीले यसअघि नै चिनियाँ कम्युनिष्ट पार्टीको विधानबाट दुई कार्यकालको सीमा हटाइसक्नु भएको छ ।
शीर्ष नेतृत्वमा सी दोहोरिए पनि चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीमा भने धेरै हेरफेर हुने बताइएको छ ।














प्रतिक्रिया दिनुहोस्