काठमाडौं, ३० असोज । निर्वाचन घोषणा र आचारसंहिता लागु भईसकेपछि सरकारले ब्रोकर लाइसेन्स, लघुबीमाको लाइसेन्सलगायतको आवेदन खुलाएको छ । भारी कमिसनका लागि चुनावको मुखमा अनधिकृत ढंगले खुलाइएका आवेदनको सर्वत्र विरोध भएको छ । स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगबाट निर्वाचन गराउने संवैधानिक जिम्मेवारी पाएको निर्वाचन आयोगले पनि यस बारे केही नबोलेपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।
यसैबीच निर्वाचन आयोगले बाध्य भएर नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाईसेन्स, कमोडिटी बजारको लाइसेन्स र लघुबीमा कम्पनीहरुको नयाँ लाईसेन्स खुलाएकोमा सम्बन्धित निकायसंग स्पष्टिकरण माग गरेको छ । आयोगले निर्वाचन आचारसंहिता लागिसकेपछि नयाँ लाईसेन्सको आवेदन माग भएको भन्दै स्पष्टिकरण माग गरेको हो ।
आयोगले शनिबार नेपाल धितोपत्र बोेर्ड, बीमा समिति र अर्थमन्त्रालयलाई एक पत्र लेख्दै आचार संहिता लागेको समयमा खुलेको लाईसेन्स प्रक्रियालाई किन्ने नरोक्ने भनि स्पष्टिकरण माग गरिएको हो । आयोगले ति निकायहरुलाई तिन दिनभित्र स्पष्टिकरण पेस गर्न निर्देशन दिएको हो ।
निर्वाचन आचारसंहिता सुरु भइसकेपछि नियमविपरित लाईसेन्स प्रक्रिया खोलिएको भन्दै यसलाई रोक्न केही दिनअघि निर्वाचन आयोगमा उजुरी परेको थियो ।













प्रतिक्रिया दिनुहोस्