जनता टाइम्स

१ कार्तिक २०७९, मंगलवार १७:३३

चुनावविरोधी पर्चा बाँढ्ने नेकपा बहुमतका दुई नेता पक्राउ


हेटौंडा, १ कात्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गरेको नेकपा बहुमतका दुई जना नेता हेटौंडाबाट पक्राउ परेका छन् ।

मंसिर ४ गते हुने चुनाव बहिस्कारको पर्चा वितरण तथा भित्तेलेखन गर्दैगर्दा बहुमतका मकवानपुर इन्चार्ज ध्रुव खड्का र जिल्ला संयोजक विक्रम मगरलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

चुनावविरोधी गतिविधि गरिरहेको पाइएपछि दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।