एजेन्सी, १ कात्तिक । इरानी पर्वतारोही एलनाज रेकाबिक बेपत्ता भएको खबर आएपछि मङ्गलबार अन्तर्राष्ट्रिय मञ्चमा हलचल मच्चिएको छ । रेकाबीले हिजाब बिना नै दक्षिण कोरियामा भएको प्रतियोगितामा भाग लिएकी थिइन् । यसपछि उनले दक्षिण कोरिया छोडेकी थिइन्, तर कहाँ गइन् ? यसबारे केही थाहा छैन ।
रेकाबीले हिजाब बिना प्रतियोगितामा प्रवेश गरेकी थिइन्। अहिले उनी बेपत्ता भएपछि धेरै आशंका उब्जिएका छन् । इरानी मिडियाका अनुसार इरानी अधिकारीहरूले उनलाई पक्राउ गरेको हुनसक्छन् । तर, इरान सरकारले भने यसलाई अस्वीकार गर्दै आएको छ ।
हिजाब बिना सहभागि
एलनाजले देशका लागि धेरै प्रतियोगितामा पदक जितेकी छिन् । हिजाबको विरोधमा उनले दक्षिण कोरियामा भएको प्रतियोगितामा बिना हिजाब वा शिर नढाक्ने निर्णय गरेकी हुन् । सेप्टेम्बर १६ मा २२ वर्षीया माशा अमिनीको मृत्यु भएपछि इरानको अवस्था हिंसात्मक बनेको छ । माशालाई उनको लुगाका कारण देशको मोरालिटी पुलिसले पक्राउ गरेको थियो । हिरासतमा भएको मृत्युपछि देशैभर प्रदर्शन सुरु भएको छ ।
इरानमाथि प्रतिबन्ध लगाइएको थियो
इरानमा भएको प्रदर्शनमा विद्यालयका बालबालिकादेखि तेल मजदुरहरू र धेरै व्यक्तिहरू सहभागी भएका छन् । यहाँ सडकमा हिजाब विरुद्ध आवाज उठिरहेको छ ।
सन् २००९ मा भएको राष्ट्रपतीय निर्वाचनका बेला देशमा यस्ता भीषण प्रदर्शन भएका थिए । अब १३ वर्ष पछि, यी प्रदर्शनहरूले अधिकारीहरूलाई समस्यामा पारेको छ । सियोलस्थित इरानी दूतावासका अनुसार रेकाबी मंगलबार बिहान विमान चढेकी हुन् ।
बीबीसीको रिपोर्टलाई विश्वास गर्ने हो भने, एलनाजलाई प्रतिबन्ध लगाइएको थियो तर त्यसपछि पनि उनी आफ्नो देशका धेरै व्यक्तिहरूसँग सम्पर्कमा थिइन् । स्रोतका अनुसार इरानी अधिकारीहरूले एलनाजको राहदानी र मोबाइल फोन जफत गरेका छन् । उनी बुधबार फर्किने भनिए पनि फर्किएकी छैनन् ।
इभिन जेलमा छ
इरानी–क्यानेडियन वेबसाइट इरान वायरका पत्रकार मजियार बहारीले इरानले एलनाजलाई पक्राउ गरी देशको कुख्यात इभिन जेलमा राखेको आरोप लगाएका छन् । मजियार पनि एक पटक इरानमा पक्राउ परेका थिए । इभिन जेलमा भर्खरै भएको आगलागीमा आठ कैदीको मृत्यु भएको थियो ।
दूतावास मौन
इरानी दूतावासले यो समाचारलाई पूर्णतया झुटो भनेको छ । दूतावासले एलनाजको तस्बिर पनि ट्विट गरेको छ, त्यसपछि आशंका बढेको छ । यो तस्बिर रुसमा आयोजित प्रतियोगिताको हो जसमा उनले हिजाब लगाएकी छिन् । यहाँ उनले कांस्य पदक जितेकी थिइन् । दूतावासबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।













प्रतिक्रिया दिनुहोस्