जनता टाइम्स

२ कार्तिक २०७९, बुधबार ११:१७

राजु गुरुङको मुद्दा कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा, के होला अन्तिम फैसला ?


काठमाडौं, कात्तिक २ । रुपन्देही– २ मा नेकपा एमालेका उपाध्यक्ष तथा बिकासप्रेमी नेता बिष्णु पौडेलबिरुद्ध सत्ता गठबन्धन्धनका साझा उम्मेदवार राजु गुरुङको रिट न्यायाधीशद्वय कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा परेको छ ।

बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि उनले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले यसअघि उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आज अन्तरिम आदेश दिने कि नदिने सम्बन्धमा दुवै पक्षलाई बोलाइएको छ । सो रिटमा आज अन्तिम निर्णय हुने अपेक्षा गरिएको छ ।