जनता टाइम्स

२ कार्तिक २०७९, बुधबार १२:१२

सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न फेरि थपियो म्याद


काठमाडौं, कात्तिक २ । क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिन म्याद थपेको छ ।

अघिल्लो पटक थपिएको पाँच दिनको म्याद सकिएपछि प्रहरीले आज सन्दीपलाई अदालत उपस्थित गराएको थियो । प्रहरीले सात दिनको म्याद मागे पनि अदालतले थप चार दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिनुभयो ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते बिमानस्थलबाट सन्दीपलाई प्रहरीले नियन्त्रणमालिएको थियो ।