जनता टाइम्स

६ कार्तिक २०७९, आईतवार १४:५४

नेकपा एसका केन्द्रीय सदस्यसहित ललितपुरका यी चर्चित नेता-कार्यकर्ता एमाले प्रवेश


ललितपुर, कार्तिक सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादीका जिल्लास्तरीय नेता तथाकार्यकर्ताहरु सामूहिक रुपमा एमाले प्रवेश गरेका छन्

आइतबार ललितपुरको महालक्ष्मी नगरपालिकाकी पूर्वउपमेयर तथा नेकपा एसकी केन्द्रीय सदस्य निर्मला थापा एमाले प्रवेशगर्नुभएको अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर थापा आज एमाले प्रवेश गर्नुभएको हो

थापासंगै नेकपा एस निकट बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य अशोक थापा पनि एमालेमा प्रवेश गर्नुभएको छ।

 

यसअघि शनिबार ललितपुरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका नेता रत्नमान महर्जन, बलराम महर्जन, हीराकाकी महर्जन, नेकपा एसका रामसिंह महर्जनलगायत १०६ जना जिल्लास्तरीय नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्नुभएको थियो