काठमाडौं, ६ कात्तिक । तिहार सुरु भएसँगै बजारमा पनि भीडभाड बढेको छ । असनसहितका बजारमा भिडभाड बढेको हो । लक्ष्मीपूजा र भाइमसला खरिद गर्नेहरुको भीड असन क्षेत्रमा बढेको हो । आज काग तिहार, भोली कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ ।
मंगलबार गाईपूजा, बुधबार गोवर्धनपूजा हलितिहार, म्हपूजा परेको छ भने बिहीबार भाइटीका परेको छ । भाइटीकाको उत्तक साइत बिहीबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
























प्रतिक्रिया दिनुहोस्