काठमाडौं, ६ कात्तिक । सानिमा बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश र बोनस सेयर वितरण गर्ने घोष्णा गरेको छ । बैंकको सञ्चालक समितिले ११ प्रतिशत लाभांश वितरण गर्ने उल्लेख गरेको हो ।
जसमा १ अर्ब १३ करोड रुपैयाँ नगद लाभांश र ११ करोड १० लाख बराबरको सेयर बोनस वितरण गर्ने बैंकले जनाएको छ ।
बैंकले चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर वितरण गर्ने उल्लेख गरेको छ । यसरी वितरण गर्न राष्ट्र बैंकले सहमति दिनुपर्छ भने साधारण सभाबाट पारित हुनुपर्छ ।













प्रतिक्रिया दिनुहोस्