जनता टाइम्स

६ कार्तिक २०७९, आईतवार १९:४९

कांग्रेस–नेकपा एस त्यागेर एमाले प्रवेश गरे भक्तपुरका यी चर्चित नेता


भक्तपुर, कात्तिक ६ । चुनावको मिति नजिकिदै जाँदा भक्तपुरमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी त्यागेर एमाले प्रवेशको क्रम बढदै गएको छ । आज मात्रै कांग्रेसका सचिवसहित नेकपा एसका चर्चित नेता पनि एमाले भित्रिएका छन ।

नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं १ (सिरुटार) कमिटी द्वारा आयोजित शुभ दीपावली न्हूदँ ११४३ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा उनीहरु प्रवेश गरेका छन ।

उक्त कार्यक्रममा तरुण तल सूनपा १ का सचिव सुभाष न्यौपाने र नेकपा एसका नेता महेश्वर न्यौपाने एमाले फर्कनु भएको हो । उहाँहरुलाई एमाले नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश बस्नेतसहितका नेताहरुले स्वागत गर्नुभयो ।