जनता टाइम्स

८ कार्तिक २०७९, मंगलवार ०७:४८

काठमाडौंको बालाजुस्थित एक जुत्ता कारखानामा आगलागी


काठमाडौं, ८ कात्तिक । काठमाडौंको बालाजुमा आगलागी भएको छ । गएराती बालाजुको लोलाङ हाइटस्थित एक जुत्ता कारखानामा भीषण आगलागी भएको हो । आगो नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालित भएका थिए ।

घटनास्थलमा आगो निभाउन ४ वटा दमकल र आधा दर्जन पानी ट्यांकर पुगेको थियो । आगलागीको कारण खुल्न सकेको छैन र कति क्षति भयो भन्ने पनि अहिलेसम्म खुलेको छैन ।