एजेन्सी, १० कात्तिक । दिल्ली उच्च अदालतले आफ्नो महत्त्वपूर्ण टिप्पणीमा विवाहमा छनोटको स्वतन्त्रता अनुच्छेद २१ को एक अभिन्न अंग हो र विश्वासको प्रश्नले जीवन साथी छनौट गर्ने स्वतन्त्रतामा कुनै असर नगर्ने बताएको छ ।
आफ्नै इच्छाले विवाह गर्ने युवतीका आफन्तको धरौटी निवेदनमा अदालतको टिप्पणी हो यो । युवतीका श्रीमानको उजुरीका आधारमा मुद्दा दर्ता भएको हो । दिल्ली पुलिसले उचित जवाफ नदिएकोमा दिल्ली उच्च अदालतले प्रश्न उठाएको छ।
युवतीका पतिले आफ्नी पत्नीको परिवारका सदस्यले दम्पतीलाई अपहरण गरी कुटपिट गर्नुका साथै बञ्चरोले गोप्य भाग काटेको आरोप लगाएका थिए । उक्त व्यक्तिलाई छुरा प्रहार गरी नालीमा फालिएको आरोप पनि लगाइएको थियो जहाँबाट उनको भाइले उनलाई बचाएर एम्स ट्रमा सेन्टरमा भर्ना गरेका थिए।
विवाहपछि दम्पती दिल्ली फर्किएपछि युवतीका परिवारका सदस्यहरु रिसाए र पतिलाई मार्ने धम्की दिएका थिए । त्यसपछि पतिले २२ डिसेम्बर, २०२१ को साँझ प्रहरी चौकी राजौरी गार्डेन पुगेर सुरक्षाको लागि निवेदन दिएका थिए ।
अचम्मको कुरा के छ भने दम्पती प्रहरी चौकीबाट सुरक्षाका लागि निवेदन दिएर फर्किंदै गर्दा युवतीका परिवारका सदस्यले उनीहरुलाई अपहरण गरी घरमा लगेर कुटपिट गरेका थिए ।
युवतीकी हजुरआमाले परिवारका अन्य सदस्यलाई उजुरीकर्ताको लिंग काट्न उक्साएको अभियोगमा जनाइएको छ । काकी र आमाले यो कुरामा सहमति जनाएपछि त्यहाँ उपस्थित परिवारका अन्य सदस्यले युवालाई समातेर युवतीका काकाले बञ्चरोले प्रहार गरी उनको लिंग काटिदिएको आरोप छ ।
बिरामी भएको भन्दै धरौटी माग
यसै क्रममा युवतीकी आमा, हजुरआमा र बहिनीले दिल्ली उच्च अदालतमा धरौटीमा छुट्न निवेदन दायर गरेका थिए । हजुरआमाले आफू ८६ वर्षीया महिला भएको र विभिन्न रोगबाट पीडित रहेको भन्दै धरौटी मागेकी थिइन् । यससँगै बहिनीले आफूविरुद्ध कुनै एफआइआर नभएको बताएक िथिइन् ।
हजुरआमा विरुद्ध ४२ वटा फौजदारी मुद्दा !
यसमा उजुरीकर्ता पक्षले युवतीकी हजुरआमा बानी बसाल्ने र करिब ४२ फौजदारी मुद्दामा संलग्न रहेको भन्दै धरौटीको विरोध गरेको थियो । उनले नै परिवारका अन्य सदस्यहरूलाई उजुरीकर्ताको लिंग काट्न प्रोत्साहन दिएको हो । साथै बहिनीको प्रत्यक्ष भूमिकालाई अस्वीकार गर्दै पीडितको सुरक्षाका लागि प्रहरीलेले कुनै कदम नचालेको अदालतले जनायो ।
अदालतले बहिनीको सक्रिय भूमिका नभएको बताएको छ । तर, आमा र हजुरआमा दुवैले आक्रमणमा संलग्न रहेको र उजुरीकर्ताको गोप्य भाग काट्न परिवारका सदस्यहरूलाई उक्साएको आरोप लगाइएको थियो।
अदालतले भनेको छ –यो पनि बेवास्ता गर्न सकिँदैन कि उनको आपराधिक इतिहास छ र आमालाई प्रारम्भिक चरणमा फरार घोषित गरिएको थियो । घटनामा संलग्न युवककी पत्नीकी आमा र हजुरआमालाई धरौटी दिनु पर्ने कुनै आधार नरहेको र युवतीकी बहिनीको घटनामा प्रतक्ष्य भूमिका नरहेकाले र प्रारम्भिक उजुरीमा उनको नाम पनि उल्लेख नभएकाले रिहा गर्दा घटनाको अन्तिम किनारासम्म फरक नपर्ने ठहर छ ।













प्रतिक्रिया दिनुहोस्