जनता टाइम्स

११ कार्तिक २०७९, शुक्रबार १७:०९

देशद्रोहीलाई हराउन राप्रपालाई जिताउनु पर्दछ : केपी ओली


झापा, ११ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट माग्नुभएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दिनुभएको लिङ्देनका लागि ओलीले भोट माग्नुभएको हो ।

आज झापा–३ मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले लिङ्देनका लागि भोट माग्नुभएको हो । उहाँले एमालेको इज्जतका लागि भए पनि झापा ३ बाट लिङ्देनलाई विजयी गराउनुपर्ने बताउनुभयो । देशद्रोहीलाई रोक्न हलोमा भोट हाल्न पर्ने बताउनुभएको ओलीले विशेषगरी सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्नुपर्ने बताउनुभयो ।

एमालेले समर्थन गरेका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै आफ्ना नेता कार्यकर्तालाई भोट दिन निर्देशन दिनुभयो । उहाँले यसपटक राप्रपा राष्ट्रिय पार्टी बन्नेसमेत दाबी गर्नुभयो ।