जनता टाइम्स

१३ कार्तिक २०७९, आईतवार १२:५८

निर्वाचन क्षेत्रका समृद्धिका लागि मैले पुन: जित्नुपर्छ : थापा


महोत्तरी, १३ कात्तिक । एमाले नेतृ तथा महोत्तरी १ (क) को उम्मेदवार शारदादेवी थापाले निर्वाचन क्षेत्रको आधारभूत आवश्यकता पूरा गर्न निक्कै काम बाँकी रहेको बताउनुभएको छ ।

विशेषगरी महिलाका अनेकौ समस्या समाधान गर्न आफूमात्र उपयुक्त भएको दाबी गर्दै उहाँले निरीह महिलाहरुको प्रतिनिधिको रूपमा आफ्नो उम्मेदवारी भएको बताउनुभएको हो ।

विभिन्न महिला संगठनमा बसेर काम गरेकाले पनि महिलाको समस्यालाई नजिकबाट बुझेको उहाँको भनाइ छ ।