जनता टाइम्स

१३ कार्तिक २०७९, आईतवार १८:४७

दीपक मनाङेलाई आयोगको स्पष्टीकरण


काठमाडौं, १३ कात्तिक । निर्वाचन आयोगले स्वतन्त्र उठेर निर्विरोध निर्वाचित हुनुभएको राजिव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण सोधेको छ ।

रक्सी खुवाउन १५ लाख लाग्छ र २३ लाखले चुनाव खर्च के पुग्छ भनी अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको हो । उहाँ गण्डकी प्रदेशको खेलकुद मन्त्रीसमेत हुनुहुन्छ ।