जनता टाइम्स

१४ कार्तिक २०७९, सोमबार १६:५३

एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने, ५५ वटा सभामा ओली सहभागी हुने


काठमाडौं, १४ कात्तिक । नेकपा एमालेले भोली चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गर्नुभएको छ । विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उहाँ सहभागी हुने तयारी गर्नुभएको छ ।