जनता टाइम्स

१५ कार्तिक २०७९, मंगलवार ०९:३५

सशस्त्र प्रहरीका दुई जना सई निलम्बित


काठमाडौं, कात्तिक १५ । आचारण विपरित काम गर्ने दुई जना सशस्त्र प्रहरी नायव निरीक्षकहरुलाई निलम्बन गरि विभागीय कारवाही प्रक्रिया अघि बढाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्णबहादुर मगरलाई निलम्बन गरिएको हो ।

सशस्त्र प्रहरी नायव निरीक्षक सुवेदीले यही कार्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरु पुर्याई कार्यालय फर्कने क्रममा दिईएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगेको थियो ।

त्यस्तै गत असोज २० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानवनि गर्दा विभागीय नीति तथा आदेश विपरीत कार्य गरेको देखिएकाले सशस्त्र प्रहरी नायव निरीक्षक मगरलाई पनि निलम्बन गरिएको सशस्त्र मुख्यालयले जनाएको छ ।