जनता टाइम्स

१५ कार्तिक २०७९, मंगलवार ११:५६

बंगलादेशमा कार्यालय समय ९ बजेदेखि


एजेन्सी, १५ कात्तिक । बंगलादेशमा सरकारी कार्यालयको समय परिवर्तन गरेको छ । सरकारले विद्युत् अभावका कारण यसअघि कार्यलय समय ८ बजेदेखि सञ्चालन गरेकोमा अब ९ बजेदेखि सुरु हुने भएको हो ।

सरकारी कार्यालय र स्वायत्त संस्था बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म हुँदै आएकोमा अब बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुने जनाइएको छ ।

प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । नयाँ नियम दुई सातापछि लागू हुनेछ ।
तर, अदालत, बैंक विद्यालय तथा कलेज प्रशासनले आ–आफ्नो तालिका तय गर्नसक्ने सरकारले जनाएको छ ।