काठमाडौं, १६ कात्तिक । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य सुमन अर्यालले बुधबार प्रेमिका इशा भण्डारीसँग इन्गेजमेन्ट गर्नुभएको छ । नेपाल राष्ट्रिय फुटबल टोलीका रक्षक सुमन अघिल्लो हप्ता अस्ट्रेलिया पुग्नुभएको थियो ।
सुमन विगत केही वर्षदेखि इशासँग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो। सुमन नवलपरासीका हुनुहुन्छ । इशा भने काठमाडौंकी हुनुहुन्छ । उनी अध्ययन सिलसिलामा अस्ट्रेलिया पुग्नुभएको थियो ।
सुमन भने एन्फा एकेडेमीका खेलाडी हुनुहुन्छ । उहाँले नेपालको यु १८, यु १९, यु २३ हुँदै राष्ट्रिय टोलीको नियमिति सदस्य हुनुहुन्छ । असोज ११ गते बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा सुमन राष्ट्रिय टोलीमा समावेश हुनुहुन्थ्यो ।
हाल अस्ट्रेलिया पुगेका सुमन कात्तिक ३० मा पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि भने उपलब्ध नहुने हुनुभएको छ।
प्रतिक्रिया दिनुहोस्