जनता टाइम्स

१७ कार्तिक २०७९, बिहीबार १९:०६

नेकपा एसका काभ्रे कार्यकर्ता एमालेमा समाहित


बनेपा, १७ कात्तिक । नेकपा एकीकृत समाजवादीका वागमती प्रदेश कमिटी सदस्य रमेश पौडेल र मीरा पौडेलसहित सो पार्टीमा आबद्ध जिल्लास्तरीय कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ ।

चुनावी अभियान चलिरहेकै बेला आज आयोजित कार्यक्रममा उहाँहरू गठबन्धनको विपक्षमा एमालेका प्रतिनिधिसभा उम्मेदवार गोकुल बास्कोटा र प्रदेशसभा उम्मेदवार कुमार खकुरेललाई समर्थन गर्दै नेकपा एस परित्याग गर्नुभएको हो ।

उहाँहरूसँगै राजेन्द्र पौडेल, अविचल पौडेल, गंगा श्रेष्ठ, रामदास सुवाललगायत पनि एमाले प्रवेश गरेको जिल्ला अध्यक्ष अशोक ब्यान्जुले बताउनुभयो । उहाँहरू सबै पनौती नगरपालिका वडा नम्बर ४ र ७ को हुनुहुन्छ ।