जनता टाइम्स

१८ कार्तिक २०७९, शुक्रबार ०६:३९

यी प्रदेशमा हल्का वर्षाको सम्भावना


काठमाडौं, १८ कात्तिक । आज केही प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ ।

महाशाखाका अनुसार शनिबार पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।