जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार ०८:१०

यस्तो रहनेछ आजको मौसम


काठमाडौं, २१ कात्तिक । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।