जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार ०८:२३

पूर्वी नेपालमा भूकम्पको धक्का


काठमाडौं, २१ कात्तिक । गएराति पूर्वीनेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर १३ मिनेटमा चीनसँगको सीमा क्षेत्र ताप्लेजुङनजिकै केन्द्रविन्दु बनाई ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का प्रदेश १ का जिल्लामा बढी महसुस भएको थियो ।