जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार १७:५४

एमाले उम्मेदवारलाई मतदाताले गरे भव्य स्वागत


धादिङ, कात्तिक २१ । नेकपा एमाले उम्मेदवार गाउँमा पुग्दा स्थानीयले भव्य स्वागत गरेका छन । दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिकास्थित जबाङ पुग्नु भएका एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार भूमि त्रिपाठीलाई गाउँबासीले फूलमालाले स्वागत गरेका हुन ।

मतदाता भेटघाटका लागि पुग्नुभएका त्रिपाठीसहित एमाले नेताहरुलाई गाउँबासीले फुलको माला बनाएर घरघरबाट ल्याएर स्वागत गरेका थिए । एमाले नेताहरुलाई गाउँबासी आफैँ मादलसमेत घरबाट ल्याएर स्थानीय भाकामा गित गाएर समेत गरेका थिए । गाउँको विकास पहिले पनि एमालेले गर्न सुरु गरेकोले अबको दिनमा समेत एमालेले विकास गर्नका लागि माग समेत गरेका छन् ।

मतदाताको स्वागतपछि धादिङ क्षेत्र नं १ को नेकपा एमालेका संघीय सांसद उम्मेदवार भुमि त्रिपाठीले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउनु भयो । सोमबार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं.१० जवाङमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपाठीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेले बहुमत ल्याएर विजयी हुने बताउनु भयो ।

धादिङको समग्र विकासका लागि योजना बनाएर अघि बढेको भन्दै उहाँले विकास गर्ने पार्टी नेकपा एमाले मात्रै भएको बताउनु भयो । सत्ता गठबन्धनले अहिलेसम्म राम्रो कामगर्न नसकेको र भविष्यमा पनि गर्न नसक्ने भएकाले एमालेलाई जिताउनु पर्ने बताउनु भयो । दुर्गम बस्तीको विकास गर्न एमालेनै चाहिने भन्दै उम्मेदवार त्रिपाठीले चेपाङहरुको जिवनस्तर उकास्न सहयोग गर्ने बताउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘धादिङको टोलटोलमा एमाले पुगिसकेको छ, नागरिकको माग बमोजिम विकासका काम गर्दै आएको छ ।’ गाउँमा एमालेको पहलमा धेरै ठूला विकासका काम भएकाले अधुरा काम गर्न एमालेनै आवश्यक भएको बताउनु भयो । साथै समृद्धिको सपना पुरा गर्न एमालेका उम्मेदवारलाई मत दिन मतदातालाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा ३ सय भन्दा बढि सहभागी जवाङबासीले महिला भवन बनाउनको लागि सहयोग गर्न र जितेपछी गाउँमा आउन आग्रह गरेका छन । गाउँ पुग्नु भएका उम्मेदवार त्रिपाठीलाई भव्य स्वागत गरिएको थियो । उहाँले आज सोमबार बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ को बिशालटार, वडा नं ३ को ओरवाङ लगाएतका क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभा सदस्य उम्मेदवार भूमि त्रिपाठी बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ५ को टोलबस्तीमा मतदातासंग भेटघाटमा हुनुहुन्छ ।