मंसिर ४ गते हुने निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ (क) का प्रत्यक्षतर्फका उम्मेदवार रमेशकुमार बस्नेत एक पूर्णकालिक संगठन हुन् । आफु कक्षा ७ मा पढ्दादेखि नै पञ्चायती व्यवस्था विरुद्ध तात्कालिन नेकपा मालेको विद्यार्थी संगठनमा आवद्ध भएर समाज रुपान्तरणको राजनीतिक अभियानमा होमिएका बस्नेत चार दशकदेखि समाज रुपान्तरणकै अभियानमा ईमान्दारीपूर्वक लागिरहनु भएको छ । महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययन गर्दा अनेरास्ववियुमा सक्रिय भएको भन्दै मण्डलेहरुबाट मरणासन्न हुनेगरी बस्नेतमाथि आक्रमण भएको थियो । उहाँ त्यस बेला लामो समयको उपचारपछि मात्रै सामान्य जीवनमा फर्किनु भएको थियो ।
स्थायी शिक्षकको सरकारी जागीरमा रहेका बस्नेतले पार्टीको आग्रहमा २०४८ सालमा राजीनामा दिएर सम्पूर्ण जीवन समाजसेवामा समर्पण गर्नुभयो । पार्टीले पूर्णकालिन राजनीतिमा लाग्न निर्देशन दिएपछि सरकारी जागिर छाडेर राजनीतिमा होमिएको बस्नेत बताउनुहुन्छ । २०४९ सालमा साविक पाँचकन्या गाविसको अध्यक्षमा नेकपा एमालेको तर्फबाट उम्मेदवार भएका बस्नेत विजयी हुनुभएका थियो भने दोस्रो कार्यकालमा पनि उहाँ भारी मतकासाथ विजयी हुनुभएको थियो ।

दुई कार्यकाल गाविस अध्यक्ष चलाउदा नै अब्बल सावित भएका बस्नेत त्यसपछि पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभयो । पार्टीमा धरान नगर कमिटी सदस्य, क्षेत्रीय समन्वय कमिटीको सह–संयोजक, जिल्ला कमिटिको सदस्य, सचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै अहिले नेकपा एमालेको प्रदेश १ को सचिवालय सदस्यको जिम्मेवारीमा रहनु भएको छ । पार्टीमा काम गर्दा बस्नेतको छवि सरल, सालिन, क्षमतावान तथा दुर दर्शकका रुपमा रहेको छ । ४२ वर्षे राजनीतिक यात्रामा स्वच्छ छविका नेताको रुपमा चिनिने बस्नेत पार्टीले दिएको जिम्मेवारी सफल रुपमा बहन गर्न सक्ने क्षमता छ ।

अहिले राजनीतिक दलप्रति वितृष्णा देखिन थालेको छ । विशेष गरी दलहरु सरकार बनाउने खेलमा लाग्दा जनताका मुद्दा किनारा लगाएर आफ्नो स्वार्थमा लिप्त हुँदा जनताले अहिले राजनीतिक दललाई विश्वास गर्न सकिरहेका छैनन । तर नेकपा एमालेले बस्नेतलाई उम्मेदवार बनाएपछि निर्वाचन क्षेत्रका मतदाता समेत बस्नेतसँग आशावादी देखिएका छन । बस्नेत भन्नुहुन्छ, ‘युवा पुस्तामा अहिले राजनीति प्रति वितृष्णा देखिन थालेको छ, यो समाजकालागी राम्रो संकेत होइन ।’
युवा पुस्तालाई राजनीतिमा आउन आह्वान गर्दै उहाँ भन्नुहुन्छ, ‘युवा पुस्ता राजनीतिमा आउनुपर्छ र समाज परिवर्तनका लागि युवाको सहभागीता हुनुपर्छ, कतिपय अवस्थामा युवाको भूमिका नेतृत्व तहमा नहोला तर सहि र गलत मान्छे छुट्याएर सहि मान्छेलाई नेतृत्वमा पुर्याउनुपर्छ भने गतल मान्छेलाई रोक्नुपर्छ ।’
समाजवाद स्थापनाको सपना देखेरै राजनीतिमा संगठित
समाजवाद स्थापनाको सपना देखेर आफु र आफु आवद्ध दल राजनीतिमा होमिएको बताउनु हुन्छ बस्नेत । भन्नुहुन्छ, ‘समाजवाद स्थापनाको सपना देखेर नै राजनीतिमा होमीएका हौ तर पाँचवर्षमा नै समाजवाद आइहाल्छ भन्नेमा थिएनौं, यो लामो यात्रा हो भन्नेमा हामी क्लियर थियौ ।’ उहाँ सम्झनु हुन्छ, ‘त्यतिबेला हामी आफै राजकीय निकायमा पुगेर जनताका निम्ति काम गर्नुपर्छ भन्ने थियो, फलस्वरुप मनमोहन अधिकारी नेतृत्वको सरकारले नेपालको समृद्धिको जग बसाउने काम गर्यो ।’

बस्नेत गाविस अध्यक्ष भइरहदा पाँचकन्यको प्रमुख समस्याको रुपमा खानेपानी समस्या रहेको थियो । त्यसबेला खोला, कुवा, खाडी र कुलोबाट खानेपानी खानुपर्दथ्यो । त्यसबेला ३ वटा वडामा मात्रै विद्युत पुगेको थियो त्यो पनि मेन लाइनमा मात्रै । ती कुराहरुको व्यवस्थापन गर्न उहाँ सफल हुनुभयो । बबस्नेत सम्झनु हुन्छ, ‘त्यसबेला (२०४८ साल) पाँचकन्या गाविस सुनसरी जिल्लाको सबैभन्दा पछाडि पारिएको गाविसको रुपमा थियो । त्यो २०६० सालमा आइपुग्दा सुनसरीको सबैभन्दा अग्रपंतीमा पाँचकन्या गाविस आइपुग्यो । त्यसको अगुवाइ बस्नेतले गरेपनि पाँचकन्यावासीको अभूतपूर्व साथ मिल्यो ।’
देशकै नमुना पाँचकन्या गाविस
पाँचकन्या गाविस त्यसबेला देशकै नमुना गाविसको रुपमा पनि चिनिन्थ्यो । पूर्वाञ्चलमा पहिलो पटक वडा कार्यालय सञ्चालन गर्ने काम पाँचकन्या गाविसबाट सुरु भएको थियो । ‘जनप्रतिनिलाई भेट्ने एउटा निश्चित स्थान हुनुपर्छ, हामी जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने उद्देश्यले वडा कार्यालय खोलेका थियौं,’ बस्नेतले भन्नुभयो । वडा स्तरमा रेशम खेती गर्दा पनि नेपालकै उत्कृष्ट गुणस्तरको रेशम उत्पादन भएको थियो ।
त्यस्तै गरी गाउ स्तरीय शिक्षा समिति र गाउ स्तरीय शिक्षा योजना बनाउने मुलुककै पहिलो गाविस पाँचकन्या नै भएको थियो । त्यसको सिको गर्दै अन्य गाविस तथा नगरहरुले पनि शिक्षा समिति बनाएका थिए । मनमोहन अधिकारीको सरकारले गाविसलाई ३ लाख बजेट दिन थालेपछि विकासको क्रम सुरु भएको थियो । उनी स्मरण गर्दै भन्छन् –‘जब गाविसमा ३ लाख बजेट आयो त्यो बजेटले १० लाख भन्दा बढीको काम हुन्थ्यो । लागत सहभागीता देखि जनश्रमदानको सुरुवात त्यहिबाट भएको थियो ।’

धरानलाई उपमहानगरपालिका बनाउने नेता
धरानलाई नगरपालिकाबाट उपमहानगरपालिका बनाउने बेलामा रमेशकुमार बस्नेतले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । त्यसबेला मेट्रोसिटी, मेघासिटी आदीको व्यापक प्रचार थियो । इटहरी, धरान र विराटनगर जोडेर मेघा सिटी बनाउने, इटहरी र धरान मात्रै जोड्ने लगायतका विभिन्न हल्लाहरु थिए । त्यसबिचमा छिमेकी पालिका जोडिने र स्तरोन्नती हुने क्रम सुरु भयो । पाँचकन्या र विष्णुपादुका गाविसलाई धरानमा गाभ्ने र धरानलाई उपमहानगरपालिका बनाउने विषयमा बहस सुरु भयो ।
बहस सुरु हुन थालेपछि गाविसवासी विभाजीत भए । धरानमा गाभिदा पाँचकन्या र विष्णुपादुकाको इतिहास नामेट हुन्छ भन्ने आम बुझाइ थियो । तर त्यसबेला बस्नेतले गाविसबाट उपमहानगरबासी हुँदा विकासको गति तिब्र हुने भनेर बोल्न थालेपछि अन्य आवाज मधुरो भयो । तर त्यसबेला विष्णुपादुका धरानमा नगाभिने निर्णय गर्दै पछि हट्यो । पाँचकन्या एक मतले धरानमा गाभिने भएपछि धरान उपमहानगरपालिका भयो । विष्णुपादुका पनि ९ महिनापछि धरानमा गाभिन सहमत भएर आयो ।
समाज सेवामा जीवन अर्पण गरेका बस्नेत अहिले सुनसरी क्षेत्र नं. १ (१) बाट प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ निर्वाचनमा उम्मेदवार हुनुहुन्छ । आफ्नो सम्पूर्ण जीवन देश र जनताको सेवामा समर्पित गरेका बस्नेतले आफुलाई विजयी गराउन अपिल गर्दै जनताको काममा सदैव लागिरहने प्रतिबद्धता गर्नुभएको छ ।

बस्नेतको राजनीतिक यात्रा
२०३७ : तत्कालिन नेकपा (माले) सम्पर्क
२०४२ : अनेरास्ववियुको धरान नगरको संस्थापक सचिव
२०४४ : एरिया शिक्षक पार्टी सक्रिय दलको सदस्य
२०४७ : नेकपा (एमाले) धरान नगर कमिटि सदस्य
२०४९ : पाँचकन्या गाविसको अध्यक्षमा निर्वाचित
२०५४ : पाँचकन्या गाविसको अध्यक्षमा पुनः निर्वाचित÷गाविस महासंघ सुनसरीको अध्यक्ष
२०५७ : सुनसरी जिल्ला कमिटि सदस्य
२०७२ : सुनसरी जिल्ला कमिटि उपाध्यक्ष
२०७४ : सुनसरी जिल्ला कमिटि अध्यक्ष
हाल : नेकपा (एमाले) १ नं. प्रदेश कमिटि सचिवालय सदस्य
सामाजिक संघ संस्थाहरुमा संलग्नता
मोरङ सुनसरी सेवा समाजको मानार्थ सदस्य
नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य तथा पाँचकन्या उपशाखाको उपसभापती
सामुदायिक वन महासंघको अध्यक्ष
खानेपानी तथा सरसफाइ उपभोत्ता महासंघको केन्द्रीय सचिवालय सदस्य
सरस्वती माविमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको अध्यक्ष
सरस्वती माविलाई उच्च मावि बनाउने समितिको संयोजक
जनसहभागीताबाट निर्मित सेहरा खोला पुल निर्माण उपभोक्ता समितिकोे सचिव
निशान सहकारीको संस्थापक तथा सहकारी अभियन्ता
नयाँ सृजना साप्ताहिक पत्रिकाको संस्थापक













प्रतिक्रिया दिनुहोस्