जनता टाइम्स

२२ कार्तिक २०७९, मंगलवार २१:४७

५.७ रेक्टरको भुकम्प, केन्द्रबिन्दु डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक


काठमाडौं, २२ कात्तिक । डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मंगलबार बेलुका ९ बजेर ७ मिनेटमा भूकम्प गएको थियो । सुदूरपश्चिमका सुर्खेत , दाङ , बझाङ, प्युठानलगायत जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको थियो ।