जनता टाइम्स

२३ कार्तिक २०७९, बुधबार १८:४५

गठबन्धन सरकारले तामाकोसी तेस्रोको क्षमता घटायो : बालकृष्ण शिवाकोटी


दोलखा, २३ कात्तिक । नेकपा एमाले दोलखाका नेता एवं प्रतिनिधीसभा ‍उम्मेदवार बालकृष्ण शिवाकोटीले गठबन्धन सरकारले तामाकोसी तेस्रोको क्षमता घटाएर योजना बन्न नदिएको बताउनुभएको छ । आज नेकपा एमालेले किर्नेमा आयोजना गरेको कार्यक्रममा बोल्दै शिवाकोटीले एमालेको सरकारले आयोजनालाई पूर्ण क्षमतामा निर्माण गर्न लागेको र सरकार परिवर्तन भएपछि योजना अलपत्र बनेको दावी गर्नुभयो ।

सरकार परिवर्तन हुनेवित्तिकै आर्थिक लेनदेन गरेर कुनै व्यापारीलाई लाइसेन्स सुम्पिएको छ । क्षमता समेत ६५० बाट २०० मा झारिएको छ। यसकाकारण दोलखा विकासमा पछि परेको शिवाकोटीले भन्नुभयो । एमाले सरकार बनेपछि सो योजना अगाडि बढाइने बताउँदै आफूलाई सूर्य चिन्हमा मतदान गरेर जिताउन उहाँले मतदातालाई अनुरोध गर्नुभयो ।