जनता टाइम्स

२४ कार्तिक २०७९, बिहीबार ०६:३७

आज सुदुरपश्चिम र कर्णालीमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं, २४ कात्तिक । मुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

राति हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

शुक्रबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानमा हिमपातको आकलन गरिएको छ ।

महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन भनेको छ । तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न पनि भनिएको छ ।